Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

त्रिभुवन विमानस्थलमा र्‍यापिड पीसीआर मेसिन नहुँदा यूएई जान लागेका यात्रुहरु अलपत्र !

त्रिभुवन विमानस्थलमा र्‍यापिड पीसीआर मेसिन नहुँदा यूएई जान लागेका यात्रुहरु अलपत्र !

  • 594
    SHARES
  • त्रिभुवन विमानस्थलमा र्‍यापिड पीसीआर मेसिन नहुँदा यूएई जान लागेका यात्रुहरु अलपत्र !

    काठमाडौं । युएई जान लागेका यात्रुहरु त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् । युएईले ४ घण्टा अघिको र्‍यापिड पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने शर्त राखेपछि  यात्रुहरु युएई जानबाट रोकिएका हुन् ।  त्रिभुवन विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार र्‍यापिड पीसीआर रिपोर्ट नभई नेपालबाट जान नपाउने भएकाले यात्रुहरु विमानस्थलबाट फिर्ता हुनुपरेको हो ।

    ‘नेपालले र्‍यापिड एन्टिजेनमार्फत छिट्टै परिक्षण गर्न सक्छ तर र्‍यापिड  पीसीआरको लागि मेशिन छैन,’ महानिर्देशक तिवारीले भने, ‘एयरपोर्टमै र्‍यापिड पीसीआर रिपोर्ट चेक गर्ने व्यवस्था भएपछि मात्रै यात्रु युएई जान पाउँछन्।’

    नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले युएईले एयरपोर्ट क्षेत्रमै ४ घण्टाअघि र्‍यापिड पीसीआर चेक गरेको हुनुपर्ने शर्तले यात्रुले दु:ख पाएको बताए ।  यूएईको शर्तका कारण नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाई दुवईले नेपालबाट यात्रु नबोकी उडान गरेको क्षेत्रीले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij