वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले विधि र विधान विपरित थपिएका क्रियाशील सदस्यता खारेज नगरिएसम्म महाधिवेशनमा जान नसकिने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा.कोइरालाले यस्तो बताएका हुन् ।
‘तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न,’ डा.कोइरालाले भनेका छन् ।
कांग्रेसको १४ औं कार्यतालिका मिति आगामी भदौ १६-१९ लाई तोकिएको छ । क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन तोमिएकै मितिमा नहुने कांग्रेस नेताहरूबीच नै शंका छ । संस्थापनइतर खेमाले तोकिएको मितिमा महाधिवेशन गर्न नसकिए ‘विशेष महाधिवेश’ गर्नुपर्ने प्रस्ताव सभापति शेरबहादुर देउवासमक्ष राखेको छ ।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भने तोकिएकै मितिमा महाधिवेशन गर्ने बताउँदै आएका छन् । भदौमा कांग्रेसको १४ औं महाधिवेशन नभएर पार्टीको वैधानिकता सकिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij