वेबटिभी खबर
काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनबारे कांग्रेसका शीर्ष नेताबीच छलफल हुने भएको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार दिउँसो साढे ३ बजे नेताहरूको सभापतिसँग छलफल हुने भएको हो ।
छलफल शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा हुन लागेको छ । छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला सहभागी हुनेछन् ।
त्यस्तै, छलफलमा नेता रमेश लेखक, सहमहामन्त्री प्रकाशशरण महत र मीनेन्द्र रिजालसमेत सहभागी रहने पौडेलले जानकारी दिए ।
शीर्ष नेताको छलफल क्रियाशील सदस्यता टुंग्याउने र महाधिवेशनको कार्यतालिकाका विषयमा केन्द्रित रहने मुख्यसचिव पौडेलले जानकारी दिए ।
सहभागी अन्य नेताहरूले भने क्रियाशील सदस्यताको विषयमा शीर्ष नेतृत्वलाई सहयोग गर्ने कांग्रेसले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij