Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

नेपाललाई डब्ल्यूएचओको सम्मान, अतिरिक्त सचिव डा.मिश्राले लिइन सम्मान

नेपाललाई डब्ल्यूएचओको सम्मान, अतिरिक्त सचिव डा.मिश्राले लिइन सम्मान

  • 80
    SHARES
  • नेपाललाई डब्ल्यूएचओको सम्मान, अतिरिक्त सचिव डा.मिश्राले लिइन सम्मान

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरिएको छ । टिमोर-लेस्टेको दिल्लीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा। संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।

    डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत उक्त उपलब्धि कायम राखेको भन्दै नेपाललाई सम्मान गरेको हो । डब्ल्यूएचओका महानिर्देशकले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा.मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । सम्मान पत्रमा नेपालको उपलब्धिले दक्षिण-पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख छ ।

    यसैबीच, देशमा आएको विनाशकारी बाढीका कारण स्वास्थ्य प्रतिकार्य, समन्वय तथा जीवनरक्षाका कार्यमा प्रत्यक्ष खटिनुपर्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बैठकमा सहभागी थिइनन् । मन्त्री मेहताले भिडियो सन्देशमार्फत नेपालमा बाढीबाट सिर्जित संकट र प्रभावित जनसमुदायको अवस्थाबारे जानकारी गराउँदै जलवायु न्याय तथा स्वास्थ्यका लागि जलवायु वित्तको आवश्यकता औँल्याएकी छिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij