Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

इटहरीमा अल्टिमाको १०औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा

इटहरीमा अल्टिमाको १०औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा

  • 61
    SHARES
  • इटहरीमा अल्टिमाको १०औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा

    काठमाडौं । नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमा लाइफस्टाइलले इटहरीमा आफ्नो १०औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । शुक्रबार इटहरीमा एक कार्यक्रमबीच कम्पनीले नयाँ बिक्री केन्द्रको उद्घाटन गरेको हो । इटहरीमा बिक्री केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालमा अल्टिमाको खुद्रा सञ्जाल थप विस्तार भएको छ । कम्पनीका अनुसार धरान, दमक र जनकपुरपछि इटहरीमा नयाँ बिक्री केन्द्र सञ्चालनमा आएको हो ।

    नयाँ बिक्री केन्द्रबाट ग्राहकले स्मार्ट घडी, इयरबड्स, हेडफोन, स्पिकर, पावर बैंक लगायत अल्टिमाका विभिन्न उत्पादन प्रत्यक्ष हेर्न, अनुभव गर्न र खरिद गर्न सक्नेछन् । १०औँ बिक्री केन्द्र उद्घाटनका अवसरमा कम्पनीले ग्राहक लक्षित विभिन्न छुट तथा उपहार योजना सार्वजनिक गरेको छ । सोही दिन इटहरी बिक्री केन्द्रबाट अल्टिमाको कुनै पनि उत्पादन खरिद गर्ने पहिलो १० जना ग्राहकलाई निःशुल्क अल्टिमाको ग्याजेट प्रदान गरिने महाप्रबन्धक प्रज्वल ढकालले जानकारी दिएका छन् ।

    त्यस्तै, अभियानअन्तर्गत बुम स्लिक इयरबड्स ९९९ रुपैयाँ, बुस्ट २० हजार प्रो पावर बैंक २ हजार ९९ रुपैयाँ, फ्लेक्स स्मार्टवाच २ हजार १९९ रुपैयाँ, क्लियर माइक २ हजार ९९९ रुपैयाँ र मार्भल स्पिकर २ हजार ९९९ रुपैयाँमा उपलब्ध छन् । यीमध्ये प्रत्येक उत्पादन दैनिक पहिलो ९९ जना खरिदकर्ताले मात्र उक्त मूल्यमा खरिद गर्न सक्नेछन् । कम्पनीले नयाँ उत्पादनतर्फ अल्टिमा औरा ३ हजार ४९९ रुपैयाँ, बास ४३० हेडफोन १ हजार ९९९ रुपैयाँ र बुमबक्स १३० १९ हजार ९९९ रुपैयाँको विशेष मूल्यसमेत सार्वजनिक गरेको छ ।

    त्यसैगरी, ८ हजार रुपैयाँभन्दा बढीको खरिदमा बुम स्लिक इयरबड्स, १० हजार रुपैयाँभन्दा बढीको खरिदमा बुस्ट २० हजार प्रो पावर बैंक र १२ हजार रुपैयाँभन्दा बढीको खरिदमा फ्लेक्स स्मार्टवाच निःशुल्क दिने योजना ल्याइएको छ । अभियानअन्तर्गत ‘भाग्यचक्र घुमाउनुहोस्’ योजनामार्फत कुल २० लाख रुपैयाँ बराबरका पुरस्कार जित्ने अवसरसमेत दिइएको छ । पुरस्कारमा थाइल्यान्डको जोडी भ्रमण प्याकेज, सुनका सिक्का, वातानुकूलित यन्त्र, टेलिभिजन, लुगा धुने मेसिन तथा अल्टिमाका ग्याजेट लगायत छन् । यसका अतिरिक्त अल्टिमाका सम्पूर्ण उत्पादनमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार अभियानका विभिन्न छुट तथा अफर असोज १० गतेसम्म सञ्चालन हुनेछन् । सबै अफर तोकिएका सर्त तथा सामानको उपलब्धताका आधारमा लागू हुनेछन् । इयरबड्स, हेडफोन, स्मार्टवाच, स्पिकर, पावर बैंक लगायत अडियो तथा पहिरन योग्य प्रविधिका उत्पादन बिक्री गर्दै आएको अल्टिमा लाइफस्टाइलले १०औँ बिक्री केन्द्रमार्फत इटहरी र आसपासका ग्राहकलाई आफ्ना उत्पादन प्रत्यक्ष हेर्ने, अनुभव गर्ने तथा खरिद गर्ने सुविधा दिएको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij