वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमण पुनः बढिरहेको छ । पुनः पाँच दिनपछि यहाँ ४० हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यसभन्दा पहिले ५ अगस्टमा ४५ हजार मानिसमा संक्रमण पुष्टि भएको थियो ।
पुनः पाँच दिनपछि यहाँ ४० हजारभन्दा बढि व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४१ हजार ५७६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यस अवधिमा ३९ हजार १२५ व्यक्तिहरु संक्रमणमुक्त भएका छन् भने ४९१ जनाको संक्रमणका कारणले निधन भएको छ ।
हालसम्म भारतमा ३ करोड २० लाख मानिसमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । त्यसैगरी ३ करोड १२ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४ लाख २९ हजार जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३ लाख ८३ रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij