Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

खोपका लागि लाममा बस्नुपर्ने बाध्यता हटाइयोस्: झाँक्री

खोपका लागि लाममा बस्नुपर्ने बाध्यता हटाइयोस्: झाँक्री

  • 587
    SHARES
  • खोपका लागि लाममा बस्नुपर्ने बाध्यता हटाइयोस्: झाँक्री

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले विदेश जानका लागि खोप लगाउने नागरिकले लाममा बस्नुपर्ने बाध्यता हटाउन सरकारसमक्ष आग्रह गरेकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाँक्रीले यस्तो आग्रह गरेकी हुन् । 

    उनले पहिलो मात्रा खोप लगाइसकेका ज्येष्ठ नागरिकलाई सरकारले दोस्रो मात्रा खोप लगाउन जिम्मेवार हुनुपर्ने बताइन् । ‘पहिलो मात्रा खोप लगाइसकेका ज्येष्ठ नागरिकलाई सरकारले समयमै दोस्रो मात्रा खोप लगाउन जिम्मेवार हुनुपर्छ । विदेश जानका लागि खोप लगाउन नागरिकले लाममा बस्नुपर्ने बाध्यता हटाएर त्यसलाई व्यवस्थित गर्नुपर्छ,’ उनले भनिन् । 

    यस्तै एमाले सांसद शेरबहादुर तामाङले सरकारले मेलम्ची क्षेत्रमा बाढी, पहिरो प्रभावित क्षेत्रमा नागरिकले शतप्रतिशत खोप दिने भने पनि सो घोषणा कार्यान्वयनमा सरकार कमजोर देखिएको जनाए ।

    आजको बैकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक महत्वका विषयमा जानकारी दिँदै अहिलेसम्म एक करोड आठ लाख ६० हजार डोज आइसेकेको, तीन करोड ३६ लाख ७१ हजार नौ सय ५० डोज खोप नेपाल आउने प्रक्रियामा रहेको जानकारी गराए । हालसम्म २८ लाख ८८ हजार ३६० नागरिकले उक्त मात्राको खोप लगाइसकेको पनि उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij