वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।
त्यस्तै, युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा, पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा तोकिएको छ । अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर ११८ रुपैयाँ ७३ पैसा र जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, साउदी रियालको खरिददर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल ४१ रुपैयाँ ६० पैसा, युएई दिराम ४१ रुपैयाँ २९ पैसा र मलेसियन रिङ्गेट ३७ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकको विनिमयदर भने फरक हुन सक्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij