वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तामाङले अग्रता लिएका छन् । ६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन् ।
लामा घर्ती मगरभन्दा १ हजार ७९९ मतले अगाडि छन् । त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij