Logo

२०८३, कार्तिक ६ गते बिहिवार

२०८३, कार्तिक ६ गते बिहिवार

जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा

जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा

  • 91
    SHARES
  • जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा

    काठमाडौं । प्रत्येक वर्ष दशैंको अन्तिम दिन जनकपुरधाममा रावण वध कार्यक्रम आयोजना हुने गर्छ । करिब १० वर्षदेखि निरन्तर दशमीको दिन जनकपुरधामको गंगा सागर र धनुष सागर पोखरीको डिलमा रावणसहित मेघनाथ र कुम्भकर्णको पुतला बनाएर जलाईन्छ । यस वर्ष पनि बुधबार रावण वध कार्यक्रम हुन लागेको छ । कार्यक्रमका आयोजक महावीर युवा कमिटिले रावण वध कार्यक्रमलाई प्रत्येक वर्ष भव्यता प्रदान गर्दै आएको छ।

    यस वर्ष भने रावणको पुतला ४५ फिट अग्लो हुने रावण वध कार्यक्रमका संयोजक आनन्द साहले जानकारी दिए । उनका अनुसार पुतला निर्माण कार्य २० दिनदेखि लगातार भइरहेको छ । भारतबाट आएको मूर्ति निर्माण टोलीले उत्त प्रतिमाहरु निर्माण गर्दैछ । प्रतिमा निर्माणमा अनुमानित खर्च साढे तीन लाख रुपैयाँ लागिसकेको संयोजक साहले बताए ।

    संयोजक साहका अनुसार भोली साँझ ६ बजेदेखि रावण वध कार्यक्रम सुरु हुनेछ । यस वर्ष राम मन्दिरका महन्थ राम गिरीले रावण वध गर्नेछन् । यस वर्ष अन्य वर्षहरु भन्दा बढी दर्शक आउने अनुमान रहेको संयोजक साहले जानकारी दिए । प्रत्येक वर्ष जनकपुरधाममा रावण वध कार्यक्रम हेर्न, धनुषासहित भारतीय सिमासंग जोडिएका स्थानहरुबाट पनि मानिसहरुको भीड लाग्ने गर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij