Logo

२०८३, कार्तिक ६ गते बिहिवार

२०८३, कार्तिक ६ गते बिहिवार

केही स्थानमा हल्का वर्षाको सम्भावना

केही स्थानमा हल्का वर्षाको सम्भावना

  • 61
    SHARES
  • केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    बुधबार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij