Logo

२०८३, कार्तिक १७ गते सोमवार

२०८३, कार्तिक १७ गते सोमवार

पोखरालाई हराउँदै जनकपुरको दोस्रो जीत

पोखरालाई हराउँदै जनकपुरको दोस्रो जीत

  • 48
    SHARES
  • पोखरालाई हराउँदै जनकपुरको दोस्रो जीत

    काठमाडौं । राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ । यो जनकपुरको दोस्रो जित हो । ३ खेलबाट ४ अंकसहित जनकपुर दोस्रो स्थानमा समेत उक्लिएको छ। लगातार दोस्रो खेल हारेको पोखरा भने पुछारमा छ ।

    जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । जसमा कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । जनकपुरका मोइन अलिले ३, कप्तान हर्मित सिंह र सैफ हसनले २र२ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७  विकेटको क्षतिमा १४७ रन बनायो । जसमा तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरे। तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका छन् ।

    यस्तै अभिषेश तिवारीले २४, मोइन अलीले २१ रन बनाए । पोखराका सकिब अल हसनले ३, चमिका करूणारत्नेले २ विकेट लिए । प्रतियोगिता अन्तरगत भोलि दुई खेल हुनेछन् । पहिलो खेलमा मध्यान्ह १२ बजे काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij