Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रास्वपा सांसद अमरेशले जानकी मन्दिरबाट सुरु गरे मेची महाकाली पदयात्रा

रास्वपा सांसद अमरेशले जानकी मन्दिरबाट सुरु गरे मेची महाकाली पदयात्रा

  • मंसिर १, २०८३ सोमवार १३:०० बजे
  • 30
    SHARES
  • रास्वपा सांसद अमरेशले जानकी मन्दिरबाट सुरु गरे मेची महाकाली पदयात्रा

    जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश सिंहले जनकपुरको जानकी मन्दिर दर्शन गरेर मेची महाकाली पदयात्राको सुरुवात गरेका छन् । 

    सांसद सिंहलाई रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर पदयात्राका लागि शुभकामना दिए । लामिछानेले पदयात्रा दल र राजनीति भन्दा माथि उठेर देशमा शान्ति तथा सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने गरी सम्पन्न गर्न सुझाव दिए ।  पदयात्राले सम्पूर्ण जाती, भाषा, संस्कृतिलाई एकै ठाउँमा जोड्ने सन्देश निस्किने किसिमले सांसद सिंहलाई सफलताको शुभकामना दिए ।

    Amresh-sing.jpg

    सांसद सिंहले आजबाट सुरु भएको पदयात्रालाई पहिलो चरणको भनेका छन् । उनले माघ एक गते यो पदयात्रा समाप्त हुने र दोस्रो चरणमा आगामी बैशाखमा मध्य पहाडी लोकमार्गमा पदयात्रा सुरु गर्ने जानकारी गराए । उनले यस पदयात्रामा दैनिक ५ घण्टा पैदल हिँड्ने र ७ घण्टा जनताको कुरा सुन्ने बताएका छन् । सांसद सिंहले यस पदयात्रामा हरेक जातजाति, समुदाय, वर्ग, भाषाभाषीको कुरा र सरकारसँगको अपेक्षा एवम् गुनासो सुन्ने बताए । उनले जनताका गुनासो सुनेर टिपोट गरी सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउने जनाए ।


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij