Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

असिना पानीले धानबारीमा क्षति

असिना पानीले धानबारीमा क्षति

  • 56
    SHARES
  • असिना पानीले धानबारीमा क्षति

    काठमाडौं । इलाममा परेको असिना पानीका कारण पाक्नै लागेको धान बालीमा ठुलो क्षति पुर्‍याएको छ । गत कात्तिक २५ गते परेको असिना पानीका कारण पाक्न लागेको धान ९० प्रतिशत सम्म भुईँमा झारेको किसानहरूको भनाइ छ । इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको बाक्लो असिनाले पाक्नै लागेको बढी क्षति धान बालीमा पुर्‍याएको किसानहरुको भनाइ छ ।

    मुख्य बाली भित्र्याउने मुख्य सिजनमा नै एक्कासि मौसम बिग्रिएर असिना पानी परेपछि धान काट्ने र थन्क्याउने तयारीमा रहेका स्थानीय किसानहरू निकै चिन्तित बनेका छन् । विशेष गरेर देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, सन्दकपुर गाउँपालिकाका विभिन्न क्षेत्रमा बढी असिना परेको बताइएको छ । असिनासहितको वर्षाले पाकेर पहेँलपुर भएको धानका बाला झारेको तथा बोट ढालेर क्षति पुर्‍याएको किसान मिलन सुवेदीको भनाइ छ ।

    अलैँची, अदुवा लगायतका केही बालीका लागि राहत मिले पनि हिउँदे तरकारी बालीमा समेत क्षति पुर्‍याएको किसानहरू बताउँछन् । वर्षभरि खान पुग्ने अन्न जोहो गर्न लामो समयको मेहनत र लगानीपछि बाली भित्र्याउने अवस्थामा पुगेको धान असिनाले सखाप पारेपछि किसानहरू निराश बनेका छन् । धानबारीमा क्षति पुर्‍याए पनि कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले किसानको नोक्सानी प्रति कुनै चासो नदेखाएको किसानहरू बताउँछन् । हालसम्म किसानहरूबाट क्षतिको विषयमा जानकारी नगराएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख रविकिरण अधिकारीको भनाइ छ । यता किसानहरूले तत्काल उचित राहतको व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij