Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

फिल्म ‘मोहनी’को छायांकन चितवनबाट सुरु

फिल्म ‘मोहनी’को छायांकन चितवनबाट सुरु

  • 26
    SHARES
  • फिल्म ‘मोहनी’को छायांकन चितवनबाट सुरु

    काठमाडौं । एक्सन लभ स्टोरी विधामा निर्माण हुने फिल्म ‘मोहनी’को छायांकन आजदेखि चितवनबाट सुरु भएको छ । विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको यो फिल्म एक्सन र प्रेमकथामा आधारित हुनेछ । मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन ६० दिनसम्म चल्ने निर्माता विजयले जानकारी दिए । उनका अनुसार चितवनबाट सुरु भएको छायांकन मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंलगायतका रमणीय स्थानमा गरिनेछ ।

    ‘कथाको माग अनुसार नै हामीले कलाकार छनोट गरेर फिल्मको छायांकन आजदेखि सुरु गरेका छौँ । दर्शकसम्म एउटा राम्रो फिल्म पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ’, निर्माता विजयले भने । फिल्ममा आशिर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी, उत्पल झा लगायतका कलाकारको अभिनय रहनेछ ।

    फिल्मको कथा विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ । फिल्मका निर्माता पनि विजय नै हुन् । फिल्ममा महेश पौडेलको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ । फिल्ममा मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने र प्रोडक्सन म्यानेजरमा तेजबिक्रम केसी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij