काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको टिकटबाट स्थानीय तहमा चुनाव जितेका १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्वाचन आयोगले निर्णय गरेको छ ।
आयोगले २०८३ आज जारी गरेको सूचनामा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ९१० तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी प्राप्त भएकाले २०८३ मङ्सिर २ गते पद रिक्त हुने निर्णय गरिएको उल्लेख छ ।
सिराहाको लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो, सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडा अध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडा अध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ ।
यस्तै पर्साको कालिकामाई गाउँपालिका–१ का वडा अध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेलको पद पनि रिक्त भएको छ ।
खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद रिक्त भएको छ ।
खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडा अध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता विक, वडा सदस्यद्वय रामधन राई र शहर मनी राई तथा नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नालको पद रिक्त भएको छ ।
यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडा अध्यक्ष बाल चन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडा अध्यक्ष छत्र बहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडा अध्यक्ष ढाल बहादुर गुरूङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडा अध्यक्ष जुडिलाल कौडगियाको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij