Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

झिलिमिली बत्तीले थप आकर्षक फेवाताल

झिलिमिली बत्तीले थप आकर्षक फेवाताल

  • 39
    SHARES
  • झिलिमिली बत्तीले थप आकर्षक फेवाताल

    काठमाडौं । पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षण फेवाताल रातको समयमा झिलिमिली बत्तीले थप आकर्षक देखिने गरेको छ ।

    तालको पानीमा प्रतिबिम्बित लेकसाइड क्षेत्रका बत्ती, किनारमा लस्करै राखिएका रङ्गीविरङ्गी डुंगा र पारिपट्टिका डाँडामा टल्किएका बस्तीका उज्यालोले फेवातालको रात्रिकालीन सौन्दर्यलाई मनमोहक बनाएको देखिन्छ ।शान्त तालको पानी र डुङ्गामा विभिन्न रङका बत्तीको प्रतिबिम्ब पर्दा फेवातालले रातमा छुट्टै आकर्षण प्रस्तुत गरेको छ ।

    पोखरा घुम्न आउने पर्यटकका लागि फेवाताल दिनमा मात्र नभई साँझ र रातको समयमा पनि आकर्षणको केन्द्र बन्ने गरेको छ । ताल किनारमा बसेर पानीमा देखिने प्रकाशको प्रतिबिम्ब नियाल्नु र तस्बिर खिच्नु पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij