Logo

२०८३, मंसिर ९ गते मंगलवार

२०८३, मंसिर ९ गते मंगलवार

२४ घण्टामा पाँच सय ६६ सवारी कारबाहीमा

२४ घण्टामा पाँच सय ६६ सवारी कारबाहीमा

  • 65
    SHARES
  • २४ घण्टामा पाँच सय ६६ सवारी कारबाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५६६ सवारीसाधनमाथि कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ७ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त सङ्ख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो ।

    कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७, सीसीटीभीमार्फत पहिचान भएका ३७, ट्राफिक बत्ती उल्लंघन गर्ने २९ र तीव्र गतिमा सवारी चलाउने १२२ जना परेका छन् । त्यस्तै, हर्न बजाउने १०, सवारीको अवस्था ठीक नभएका १८ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने चार सवारीसाधनमाथि कारबाही गरिएको छ । अन्य ट्राफिक नियम उल्लंघनमा २७९ सवारीसाधनमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij