Logo

२०८३, मंसिर ९ गते मंगलवार

२०८३, मंसिर ९ गते मंगलवार

प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोर : निरज आचार्य

प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोर : निरज आचार्य

  • 24
    SHARES
  • प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोर : निरज आचार्य

    काठमाडौं । नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई औसत उपलब्धिमा सीमित भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले नयाँ राजनीतिक नेतृत्वबाट नयाँ सोच, स्पष्ट कूटनीतिक दृष्टिकोण र राष्ट्रिय स्वार्थका मुद्दामा दृढ प्रस्तुतिको अपेक्षा गरिए पनि भ्रमणले त्यसअनुसारको परिणाम दिन नसकेको बताएका छन् ।

    उनले काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई द्विदिशात्मक बनाउने सहमतिलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गरेका छन् । त्यस्तै, दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता घोषणा हुनु सकारात्मक भएपनि त्यसमा ५६ अर्ब रुपैयाँ मात्र अनुदान र बाँकी एक खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा परियोजनाका लागि ऋण सुविधा रहेको उनले औंल्याएका छन् ।

    आचार्यले नेपालका दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका सीमा समस्या, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने विषय तथा तेस्रो मुलुकसँग निर्बाध विद्युत् व्यापारका अवरोध हटाउने सवालमा भ्रमणका क्रममा छलफलसमेत हुन नसकेको टिप्पणी गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij