Logo

२०८३, मंसिर १४ गते आइतवार

२०८३, मंसिर १४ गते आइतवार

पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको शानदार जीत

पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको शानदार जीत

  • 40
    SHARES
  • पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको शानदार जीत

    काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ । आइतबार कालुङ्चोक मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

    लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए। उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै युवराज शर्माले २८ बलमा २६ रनको योगदान दिए । कर्णाली प्रदेशका दिनेश अधिकारी र राजकुमार शाहले समान २-२ विकेट लिए । राजकुमार शाहले अन्तिम ओभरमा दुई विकेट लिँदै लुम्बिनीको इनिङ्सलाई थप रन बनाउनबाट रोके ।

    १६२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश भने १७।४ ओभरमा ९६ रनमै समेटियो । कर्णालीका दिनेश रावतले सर्वाधिक २५ रन बनाए । त्यस्तै अरविन्द घर्ती मगरले २३ रनको योगदान दिए । तर, नियमित अन्तरालमा विकेट गुमाउँदा कर्णाली लक्ष्यसम्म पुग्न असफल भयो । लुम्बिनीका बलर अजय चौहानले उत्कृष्ट प्रदर्शन गर्दै २१ रन खर्चेर ३ विकेट लिए। निर्मल गुरुङले पनि १८ रन दिँदै २ विकेट हात पारे । समग्रमा ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गरेको लुम्बिनीले कर्णालीलाई ६५ रनले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण जित निकालेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij