Logo

२०८३, मंसिर १४ गते आइतवार

२०८३, मंसिर १४ गते आइतवार

कर्णालीले प्रदेशले पहिलो पदक जित्दै पदकको खाता खोल्यो

कर्णालीले प्रदेशले पहिलो पदक जित्दै पदकको खाता खोल्यो

  • 20
    SHARES
  • कर्णालीले प्रदेशले पहिलो पदक जित्दै पदकको खाता खोल्यो

    काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । आइतबार सम्पन्न महिला बास्केटबलको थ्री बाइ थ्री ३×३ विधामा रजत पदक जितेसँगै कर्णालीले प्रतियोगितामा पहिलो सफलता हात पारेको हो । आइतबार भएको फाइनल खेलमा कर्णाली प्रदेशले नौ अंक प्राप्त गर्दै रजत पदक जितेको हो ।

    १३ अंकसहित नेपाल आर्मीले स्वर्ण पदक हात पार्दा एपीएफ क्लबले कास्य पदक जितेको छ । प्रतियोगितामा शनिबारसम्म कुनै पनि पदक जित्न नसकेको कर्णालीले आइतबार महिला बास्केटबलमार्फत पहिलो पदक प्राप्त गरेको हो । आफ्नै भूमिमा आयोजना भइरहेको राष्ट्रिय खेलकुदमा पदकविहीन बनेको कर्णालीका लागि यो सफलता महत्वपूर्ण बनेको छ ।

    यसैगरी महिला बास्केटबलको फुल कोर्ट ५×५ विधातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले स्वर्ण पदक जितेको छ । फाइनलमा एपीएफले ५७ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्दा त्रिभुवन आर्मी क्लबले २९ अंकसहित रजत पदक जितेको छ । नेपाल प्रहरीले कास्य पदकमा चित्त बुझाएको बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले बताए । आयोजक कर्णालीले पहिलो पदक जितेसँगै प्रतियोगितामा थप पदकको आशा पलाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij