Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माओवादी केन्द्रीय कमिटी बैठक आजै सक्ने तयारी

माओवादी केन्द्रीय कमिटी बैठक आजै सक्ने तयारी

  • 521
    SHARES
  • माओवादी केन्द्रीय कमिटी बैठक आजै सक्ने तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठक आइतबार (आज) नै समापन गर्ने तयारी गरिएको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले सकभर आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने समझदारी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनले केन्द्रीय कमिटीका समूहगत छलफलको सुझाव प्रस्तुत हुने, प्रतिवेदन पारित हुने र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सम्बोधनपछि आवश्यक निर्णय गरेर बैठक सम्पन्न गर्ने तयारी भएको जानकारी दिए ।

    शनिबारबाट सुरु भएको बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन र विधान तथा संगठन कार्यदलले पेश गरेका दुई प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले ११ पुसदेखि राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij