Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

हाम्रो पार्टीको सिंगल अध्यक्ष कमरेड ओलीः रघुजी पन्त

हाम्रो पार्टीको सिंगल अध्यक्ष कमरेड ओलीः रघुजी पन्त

  • फाल्गुण २६, २०७७ बुधवार २०:३३ बजे
  • 2.4K
    SHARES
  • हाम्रो पार्टीको सिंगल अध्यक्ष कमरेड ओलीः रघुजी पन्त

    काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्तले अब पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओली नै सिंगल अध्यक्ष रहेको निचोड सुनाएका छन् । 

    बुधबार (आज) नयाँ वानेश्वरको एक क्याफेमा आयोजित नेपाल पक्षधर नेताहरुको केन्द्रीय कमिटीको बैठकमा नेता पन्तले २३ गते सर्वोच्चले गरेको फैसलाले एमाले पार्टी ब्युँतिकाले अब एमालेलाई कसरी सुदृढ र बलियो बनाउने भन्नेमा नेपाल पक्ष लागि परेको प्रस्ट्याएका छन् ।

    ‘सर्वोच्च अदालतको फैसलाले हामीलाई एमाले र पुष्पकमल दाहाल (प्रचण्ड) हरुलाई माओवादी केन्द्र बनाइदिएको छ । यस्तो परिस्थितिमा पार्टीलाई कसरी बलियो बनाएर लान सकिन्छ भन्ने विषयमा आजको हाम्रो बैठकको निष्कर्ष छ,’ बैठकबाट बाहिरिँदै गर्दा नेता पन्तले सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् । 

    अबको एमालेमा अध्यक्षको जिम्मेवारी ओलीमा रहेकाले उनले पार्टी एकाताको भावना सबै नेता कार्यकर्तामा पुर्याउने, संयमित र जुझारु ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टी एकतालाई केन्द्रमा राख्नुपर्ने बताए ।

    आजको बैठक मुलतः सर्वोच्च अदालतको पछिल्लो फैसलापछि देखिएको नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्दे अब पनि नेपालमा वामपन्थीहरुकै सरकारले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

    उनले अहिलेको एमाले देशकै सबैभन्दा ठूलो पार्टी एमाले भएकाले देशका विभिन्न तहमा रहेका सबै कम्युनिस्टहरुलाई एकता गरिनु एमालेको जिम्मेवारी भएको स्पष्ट पारे । 

    आगामी दिनमा जनता र देशको मागलाई केन्द्रमा राखेर अघि बढिने बताए ।

  • सम्बन्धित विषय:

  • # रघुजी पन्त

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij