वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकता नभए असरल्ल रहन नसकिने बताएकी छिन् । उनले सरकारले जारी गरेको अध्यादेशले राजनीति नयाँ बाटोमा अघि बढ्ने अपेक्षा व्यक्त गरिन् ।
आफ्नो समूहका नेताहरुको छलफलपछि झाँक्रीले पत्रकारहरूसँग कुरा गर्दै आफूहरुले अन्तिमसम्म पार्टी एकताका लागि प्रयास गर्ने पनि बताइन् ।
उनले भनिन्, ‘हामी अझै पनि पार्टी एकताकै पक्षमा छौं । अन्तिमसम्म एकताकै पक्षमा रहन्छौं । तर,झ्यालढोका थुनेर साँघुरो पारिन्छ भने निकास त चाहिन्छ ।’
केपी ओलिले एकताको लागि प्रयास नगरेको उनले आरोप लगाइन् । सरकारले जारी गरेको अध्यादेशबारे उनले भनिन्, ‘आधिकारिक जानकारी त छैन । मिडियामा सुनेको हो । निकासका लागि नै ल्याएको होला । एकता नभए अर्को बाटो हिँड्नु अनिवार्य नै हुन्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij