Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

शंकर पोखरेलको आग्रह-दश बुँदेप्रति एमाले प्रतिबद्ध छ, षड्यन्त्रको सामना गरौं

शंकर पोखरेलको आग्रह-दश बुँदेप्रति एमाले प्रतिबद्ध छ, षड्यन्त्रको सामना गरौं

  • 495
    SHARES
  • शंकर पोखरेलको आग्रह-दश बुँदेप्रति एमाले प्रतिबद्ध छ, षड्यन्त्रको सामना गरौं

    काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको जनाएका छन् ।

    पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुःखद भएको टिप्प्णी गर्दै उनको षड्यन्त्रबाट बँच्न पार्टी, पङ्क्तिलाई आग्रहसमेत गरेका छन् ।‘झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध छ’, पोखरेलले फेसबुकमा लेखेका छन् । 

    पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै पोखरेलले विचलित नभई षड्यन्त्रविरुद्ध लाग्नुपर्ने पोखरेलको धारणा छ ।‘विचार र सिद्धान्तले नै यस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षड्यन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ’, पोखरेलको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij