Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रदेश नं १ मा ८१३ जनामा कोरोना संक्रमण 

प्रदेश नं १ मा ८१३ जनामा कोरोना संक्रमण 

  • 579
    SHARES
  • प्रदेश नं १ मा ८१३ जनामा कोरोना संक्रमण 

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ७८६ जनामा कोरोना पुष्टि भएको छ । सो अवधिमा एक हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र एक हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा छरछ, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । 

    सोही अवधिमा प्रदेशमा आजै ५१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४६ महिला र २७० पुरुष छन् । पछिल्लो २४ घण्टामा दुई महिलासहित आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij