Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

चीनको संसदबाट हङकङको निर्वाचनसम्बन्धी विवादास्पद प्रस्ताव पारित

चीनको संसदबाट हङकङको निर्वाचनसम्बन्धी विवादास्पद प्रस्ताव पारित

  • फाल्गुण २७, २०७७ बिहिवार १६:०१ बजे
  • 845
    SHARES
  • चीनको संसदबाट हङकङको निर्वाचनसम्बन्धी विवादास्पद प्रस्ताव पारित

    बेइजिङ । चीनको संसदले एक विवादास्पद प्रस्तावलाई स्वीकृति दिएको छ । जसको माध्यामबाट हङकङको चुनावी प्रणाली चीनको नियन्त्रणमा आउने बाटो खुल्नेछ र यसबाटै चीनले हङकङमाथि आफ्नो नियन्त्रण झन् बढाउनेछ । बिहीबार नेसनल पिपुल्स कांग्रेसबाट ‘देशभक्त शासित हङकङ’ प्रस्ताव पारित गरिएको छ । 

    यस प्रस्तावको माध्यामबाट लोकतान्त्रिक प्रतिनिधित्व कम हुने र बेइजिङ समर्थक प्यानललाई ‘देशभक्त उम्मेदवार’ छनोट गर्ने अनुमति हुनेछ । यस प्रस्ताव संसदबाट पास हुने अपेक्षा गरिएको थियो । यसको समर्थनमा दुई हजार आठ सय ९५ मतदान भएको थियो र विपक्षमा एक मत पनि परेको छैन । पारित प्रस्तावलाई अब कानुनको मस्यौदा बनाएर आगामी केही महिनाभित्र हङकङमा लागू हुन सक्ने छ । 

    गत वर्ष एनपिसी सत्रमा एक विवादास्पद राष्ट्रिय सुरक्षा कानून पारित भएको थियो, जसले हङकङको स्वायत्तता कम गर्ने र प्रदर्शनकारीलाई सजाय दिन सहज बनाउँछ । जुनबाट यस कानून लागू भएपछि हङकङमा दर्जनौं मानिस पक्राउ परिसकेका छन् । 

  • सम्बन्धित विषय:

  • # चीन सरकार
  • # हङकङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij