एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो जित दर्ता गरेको छ । पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४–२ ले हराउँदै लिग वानमा लगातार तेस्रो सफलता हात पारेको हो ।
स्टार फरवार्डद्धय नेयमार र लियोनेल मेस्सीविनै ब्रेस्टमा शुक्रबार राति भएको खेलमा पीएसजीको जितमा एन्डर हेरेरा, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र एन्जल डि मारियाले गोल गरे । घरेलु टोलीका फ्रान्क होनोरट र सिटभ मोउनीले गोल फर्काए ।
खेलको २३ औं मिनेटमै एम्बाप्पेको हाई पासलाई हेरेराले हेडरमार्फत् पोस्टमा छिराए थिए। यससँगै बग्रता बनाएको पीएसजीले ३६ औं मिनेटमा एम्बाप्पेको गोलसँगै अग्रता दोब्बर बनाएको थियो। तर ४२ औं मिनेटमै ब्रिस्टका फ्रांक होनर्टले गोल गरेर पहिलो हाफमा खेलको नजिता २–१ बनाएका थिए।
पहिलो हाफमा एक गोलले अघि रहेको पीएसजीले दोस्रो हाफमा दुई गोल थप्यो। दोस्रो हाफको लामो समय गोल नभए पनि ७३ औं मिनेटमा गुएले गोल गरे। तर, ८५ औं मिनेटमा ब्रिस्टका स्टिभ माउनीले गोल गरेपछि भने खेल ३–२ गोलअन्तरमा पुगेको थियो।
यद्यपी ब्रिस्टले पुनरागमन गर्न सकेन। बरु डिमारियाले खेलको अन्तिम मिनेटमा गोल गरेसँगै ४–२ गोलअन्तरको नतिजाका साथ पीएसजीले खेल जित्यो। डिमारियाका लागि हाकिमीले पास उपलब्ध गराएका थिए।
जितपछि पीएसजी ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ब्रेस्ट ३ खेलबाट २ अंक जोडेर १२औं स्थानमा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij