वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ४६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा ३९ हजार ४८६ जना संक्रमणमुक्त भएका छन् । संक्रमितको तुलनामा निको हुने बढेकाले हाल सक्रिय संक्रमितको संख्या ३ लाख १९ हजार ५५१ मा सीमित भएको छ । भारतमा हालसम्म ३ करोड १७ लाख २० हजार ११२ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।
५८ करोडले खोप लगाए
भारतमा हालसम्म ५८ करोड ८२ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । सोमबार एकैदिन ५८ लाख भन्दा बढीलाई खोप लगाइएको थियो ।
खोप लगाइएकामध्ये ३९ लाख ६२ हजार ९१ जनालाई कोरोनाविरुद्धको पहिलो डोज लगाइएको छ भने १६ लाख ४८ हजार ०२५ जनालाई भाइरसविरुद्धको दोस्रो डोज दिइएको हो ।
कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तर तीव्रता दिने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रभावकारी खोप अभियानका कारण पनि भारतमा संक्रमित निरन्तर घट्दै गएको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij