वेबटिभी खबर
नयाँ दिल्ली । दुई करोड जनसंख्या भएको भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण नियन्त्रण उन्मुख देखिएको छ ।
भिडभाड हुने राजधानीमा केही दिनयता दैनिक संक्रमितको संख्या दुई अंकमा सीमित छ । जबकी दिल्लीमा दैनिक ५० हजारभन्दा बढीको कोरोना परीक्षण हुँदै आएको छ ।
दिल्लीमा पछिल्लो २४ घण्टामा जम्मा १७ जना नयाँ संक्रमित फेला परेका छन् । दैनिक संक्रमित थपिएको यो संख्या यो वर्षकै सबैभन्दा कम हो ।
त्यसैगरी चार दिनयता दिल्लीमा संक्रमणका कारण एकजनाको पनि मृत्यु भएको छैन् ।
सक्रिय संक्रमितहरुको संख्या पनि घटेर ४ सयभन्दा कममा आएको छ । हाल सक्रिय संक्रमितको संख्या ३७४ छ । जसमध्ये २४७ जना अस्पतालमा र १०७ जना होम आइसोलेसनमा छन् ।
दिल्ली स्वास्थ्य विभागकाअनुसार यस अवधिमा ४१ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । हालसम्म दिल्लीमा १४ लाख ३७ हजार ३३४ जना संक्रमण पुष्टि भएको छ । यसमध्ये १४ लाख ११ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् । यसैगरि २५ हजार ७९ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij