Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आँचल शर्मा कर तिर्न पुग्दा कर्मचारी छक्क

आँचल शर्मा कर तिर्न पुग्दा कर्मचारी छक्क

  • 1.2K
    SHARES
  • आँचल शर्मा कर तिर्न पुग्दा कर्मचारी छक्क

    काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको कार्यालयमा बिहीबार  अभिनेत्री आँचल शर्मा पुग्दा कर्मचारी छक्क परेका छन् । कर बुझाउन कार्यालय गएको भीडीओलाई कर्मचारीले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।  

    १४ सेकेन्ड लामो उक्त भिडिओमा आँचललाई कर्मचारीले न्यानो आतिथ्यताका साथ माया दर्शाएका छन् । हाम्रो अड्डा कस्तो लाग्यो ? भनेर कर्मचारीले सोधेका छन् । आँचलले आफूलाई सेवा राम्रो लागेको प्रतिक्रिया दिएकी छिन् । 

    आँचल कर कार्यालयमा पुगेको क्षणलाई कर्मचारीले कैद गरेको र आतिथ्यता देखाएको कुरालाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । अर्थ मन्त्रालयका उपसचिव कर्ण तिमल्सिनाले भीडीओ पोष्ट गरेका हुन् । भीडीओको क्याप्सनमा उनले  ‘एकजना नयाँ करदाता थपियो’ लेखेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij