वेबटिभी खबर
काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)को बैठक आइतबार बस्दैछ । संसदीय दलको नेता चयन गर्न बैठक बस्ने भएको हो । १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए ।
बैठकले अध्यक्ष माधव नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । एस सरकारमा सरकारमा सोमबार सहभागी हुने पनि चौधरीले जानकारी दिए । यसका लागि गठबन्धनका शीर्ष नेताबीच छलफल जारी रहेको उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij