Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

प्रदेश २ मा सभापतिका आकांक्षी बढेपछि निधिलाई समस्या 

प्रदेश २ मा सभापतिका आकांक्षी बढेपछि निधिलाई समस्या 

  • 781
    SHARES
  • प्रदेश २ मा सभापतिका आकांक्षी बढेपछि निधिलाई समस्या 

    जनकपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको समय नजिकिँदै जाँदा प्रदेशमा कांग्रेसको सरगर्मी बढेको छ । कांग्रेसमा सर्वसम्मतिबाट वडामा समेत सभापतिको चयन हुनु अपवाद नै मानिन्छ ।

    विधानमा प्रदेश समितिको व्यवस्था भएपछि अहिले त्यसमा सभापति हुन चाहनेको संख्या ह्वात्तै बढेको छ । कांग्रेसको विधानअनुसार लगातार दुई कार्यकाल जिल्ला सभापति भइसकेकाले तेस्रो पटक सभापतिमा उम्मेदवारी दिन पाउँदैनन् ।

    त्यसैले दुई कार्यकाल जिल्ला सभापति भएकाहरु प्रदेश सभापतिमा जान खोज्नु स्वभाविक हो । प्रदेश २ मा यसरी उमेदवार हुन चाहनेको संख्या बढी छ ।

    प्रदेश सभापतिमा कांग्रेस प्रदेश २ संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका सभापति कृष्ण यादव उम्मेदवारी दिने तयारीमा छन् ।

    प्रदेश २ मा सभापतिका उमेदवार बढेसँगै केन्द्रीय सभापतिको उमेदवारी दिने तयारीमा रहेको बिमलेन्द्र निधिलाई चुनौती थपिएको छ । प्रदेश २ का सभापति आकांक्षी सबै निधि निकट हुन् । उनले कसैको पक्षमा खुल्न सक्ने अवस्था छैन । 

    निधिलाई प्रदेश २ मा सर्वसम्मत सभापति चयन गर्नुपर्ने चुनौती छ । महाधिवेशनअगावै प्रदेश अधिवेशन हुने भएकाले विवादरहित तरिकाले सम्पन्न गर्नुपर्ने चुनौती निधिलाई थपिएको छ ।

    प्रदेश २ मा जिल्ला सभापति र प्रदेश सभापतिमा खुल्न निधिलाई सहज छैन । अहिले कुनै पक्षमा खुल्दा महाधिवेशनमा त्यसको असर हुनसक्छ । 

    प्रदेश सभापतिका लागि प्रत्यासीमध्ये कसैलाई उम्मेदवार हुनबाट रोक्नु पनि नेता निधिका लागि प्रत्युत्पादक हुनसक्छ । प्रदेश २ मा उनको बलियो पकडलाई खुस्काउन अर्को पक्षले प्रयास गर्ने निश्चित छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij