Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

ला लिगामा आज कति खेल हुँदैछन् ?

ला लिगामा आज कति खेल हुँदैछन् ?

  • 593
    SHARES
  • ला लिगामा आज कति खेल हुँदैछन् ?

    बार्सिलोना । स्पेनिस ला लिगामा आज चार खेल हुँदैछ । आइतबार राति हुने खेलमा चर्चित क्लबहरु बार्सिलोना, साविक विजेता एथ्लेटिको म्याड्रिडलगायतका क्लबहरु आ-आफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दैछन् ।

    पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले गेटाफेको सामना गर्दैछ । घरेलु मैदान क्याम्प नोउमा हुने खेल नेपाली समयअनुसार आइतबार राति पौने ९ बजे सुरु हुनेछ । बार्सिलोना दोस्रो जितको खोजीमा छ । दुई खेलबाट चार अंक बनाएको बार्सिलोना आठौं स्थानमा छ ।

    यता, रेलिगेशन जोनमा रहेका गेटाफे पहिलो जितको खोजीमा हुनेछ । दुई खेल खेलिसक्दा उसले अंक जोड्न सकेको छैन । ऊ तालिकाको १८औं स्थानमा छ । ला लिगा अन्तर्गत दोस्रो खेलमा काडिज र ओसासुना भिड्दैछन् । खेल नेपाली समयअनुसार राति सवा ११ बजे सुरु हुनेछ । दुवै टोलीले अगिल्ला दुई खेल बराबरी खेलेका छन् । दुवै टोली तेस्रो खेलमा पहिलो जितको खोजीमा छन् । 

    तेस्रो खेलमा रायो भालेकानोले ग्रानडाको सामना गर्दैछ । खेल सवा ११ बजे हुनेछ । घरेलु मैदानमा हुन लागेको खेलमा रायो भालेकानोलाईलाई रेलिगेशन जोनबाट बच्ने अवसर रहेको छ । अघिल्लो दुई खेलमा पराजित भालेकानो तालिकाको १९ औं स्थानमा छ । 

    यता, ग्रानडालाईसमेत पहिलो जितको खोजीमा हुनेछ । यस अघिका दुवै खेलमा अंक बाँडेको ग्रानडासँग २ अंक रहेको छ । ऊ १०औं स्थानमा छ । यस्तै ला लिगाको आइतबारको अन्तिम तथा चौथो खेलमा साविक विजेता एथ्लेटिको म्याड्रिड र भिल्लारियलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ । 

    घरेलु टोली एथ्लेटिकोलाई खेल जित्दै शीर्षस्थानमा फर्कने मौका रहेको छ । एक खेल कम खेलेको एथ्लेटिको ६ अंकसहित पाँचौँ स्थानमा छ । यता, भिल्लारियल भने पहिलो जितको खोजीमा रहेको छ । दुई खेलबाट दुई अंक जोडेको भिल्लारियल तालिकाको १२औं स्थानमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij