Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मेस्सीले डेब्यू गरेको खेलमा एमबाप्पेका २ गोल 

मेस्सीले डेब्यू गरेको खेलमा एमबाप्पेका २ गोल 

  • भाद्र १४, २०७८ सोमवार ०९:३२ बजे
  • 1.1K
    SHARES
  • मेस्सीले डेब्यू गरेको खेलमा एमबाप्पेका २ गोल 

    काठमाडौं– लियोनल मेस्सीले डेब्यू गरेको खेलमा पेरिस सेन्ट जर्मेनका फर्वाड केलियन एमबाप्पेले २ गोल गरेका छन्।  आइतबार राइम्सविरुद्ध खेलमा पीएसजीले २–० को निकाल्यो। पीएसजीको जितमा दुवै गोल एमबाप्पेले गरेका थिए । पहिलो गोल १६ औं मिनेटमा सम्भव भएको थियो । डी मारियाको क्रसलाई उनले हेडरमार्फत जाली चुमाएका थिए । ६३ औं मिनेटमा अच्राफ हाकिमीको क्रसमा गोल गर्दै जित दिलाएका थिए। 

    दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् । उनले राइम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा नेयमारको स्थान लिँदै पिएसजीबाट पहिलो खेल खेलेका हुन् । मेस्सीले यससँगै बार्सिलोना बाहेक कुनैपनि टोलीबाट पहिलो खेल खेले ।

    मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट विक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो । मेस्सीले केहि समय मात्र खेलेपनि समर्थकहरु डेब्यु हेर्न सफल रहे ।पिएसजीले समग्रमा ४ खेलमा १२ अंक जोडेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij