Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पाटनको कृष्णमन्दिरमा भक्तजनको भीड, कोभिडका कारण बाहिरैबाट पूजा (फोटो फिचर)

पाटनको कृष्णमन्दिरमा भक्तजनको भीड, कोभिडका कारण बाहिरैबाट पूजा (फोटो फिचर)

  • 663
    SHARES
  • पाटनको कृष्णमन्दिरमा भक्तजनको भीड, कोभिडका कारण बाहिरैबाट पूजा (फोटो फिचर)

    काठमाडौं । कोभिड-१९ भाइरस संक्रमणको जोखिमका कारण श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनले मन्दिरबाहिरैबाट पूजा गरेका छन् ।

    images

    भक्तजनहरूले मन्दिरबाहिरै मूर्ति स्थापना गरी पूजा गरिरहेका छन् । ब्रतालुहरू मूल मन्दिरकोबाहिर मूर्ति स्थापना गरेर लाइन बसेर पूजा गरिरहेका छन् । यद्यपि कोभिड भाइरस संक्रमण जोखिमका कारण स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरी कृष्णमन्दिर परिसरमा सयौंको भीड लागेको छ ।

    ललितपुर महानगरपालिकाले यसअघि नै सूचना प्रकाशि गरी भक्तजनलाई पूजाका लागि अनुमति नदिने जनाए पनि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । कृष्ण जन्मअष्टमीको दिन पाटनको कृष्ण मन्दिर, बुढानीलकण्ठको श्रीकृष्ण मावनामृत संघको कार्यालयमा रहेको कृष्ण मन्दिर, कागेश्वरी मनोहरा-८ मा रहेको नवतनधामलगायतका तीर्थस्थलमा विषेश पूजा हुने गरेको छ । साथै कृष्ण प्रमाणीहरूका लागि यो दिन वर्षभरिकै विशेष दिन हो । 

    ज्ञानयोग, कर्मयोग, भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म भाद्र कृष्णअष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिएको छ । पाटनको कृष्ण मन्दिरमा नियमित पूजाबाहेक सर्वसाधारणका लागि बन्द गरिएको छ । 

    kri1.jpgkri2.jpgkri3.jpgkri4.jpgkri5.jpgkri6.jpgkri8.jpgkri7.jpgkri9.jpgkri10.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology