Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एमबाप्पे पीएसजीमै रहने 

एमबाप्पे पीएसजीमै रहने 

  • भाद्र १६, २०७८ बुधवार ०९:१३ बजे
  • 943
    SHARES
  • एमबाप्पे पीएसजीमै रहने 

    काठमाडौं– केलियन एमबाप्पेका लागि रियल मड्रिडले ट्रान्सफर विन्डोको अन्तिम दिन २ सय २० मिलियनको प्रस्ताव राखेपनि त्यसलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नकारेको छ। रियलको प्रस्तावमा पीएसजीले कुनै जवाफ फर्काएन। जसका कारण चालू सिजनमा एमबाप्पे फ्रान्सेली क्लबमा नै रहने पक्का भएको छ ।


    फ्रान्सेली राष्ट्रिय टोलीबाट विश्वकप जितिसकेका २२ वर्षे फरवार्डलाई यसै सिजन क्लबबाट खेलाउने लक्ष्यका साथ रियलले यसअघिको भन्दा प्रस्तावित रकम बढाएको थियो । पीएसजीसँगको सम्झौताको अन्तिम सिजनमा रहेका एमबाप्पेलाई रियलले मोटो रकमको प्रस्ताव राखेपनि पिएसजीले पटक पटक अस्वीकार गरेको हो । पीएसजीले एमबाप्पलेलाई क्लबमै राख्न चाहिरहेको छ ।

    रियलले यसअघि दुई पटक गरेको प्रस्ताव पनि पिएसजीले नकारेको थियो । अघिल्लो साता १ सय ६० मिलियन युरो र यसै साता १० मिलियन युरो थपेर रियलले प्रस्ताव गरेको थियो । तर, पिएसजीले दुवैमा सकारात्मक प्रतिक्रिया दिएन । पिएसजीले कुनै हालतमा एमबाप्पेलाई विक्री नगर्ने बताएको थियो ।


    पीएसजीले एमबाप्पेलाई नयाँ सम्झौताका लागि पटक पटक प्रस्ताव राखेपनि उनी नविकरण गर्न चाहिरहेका छैनन् । एमबाप्पे रियल मड्रिड जानेमा दृढ छन् । यो सिजन सम्भव नभएर अर्को सिजन फ्रि ट्रान्सफरमा उनी रियल जाने योजनामा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij