वेबटिभी खबर
काठमाडौं । कुवेतले विश्वकै ठूलो ‘टायर ल्यान्डफिल’ मा नयाँ सहर बनाउने योजना अघि सारेको छ । देशको उत्तरी क्षेत्रमा रहेको यो टायर फाल्ने ठाउँ दुई वर्ग किलोमिटरमा फैलिएको छ । यसलाई अहिलेसम्म ‘टायरको चिहान’ मानिन्छ । त्यहाँ पुरै देशभरबाट बिग्रिएका टायर ल्याएर फालिन्छ ।
सहर बनाउन सुरु हुनुभन्दा अगाडि त्यहाँ ४ करोडभन्दा धेरै टायर थिए । करिब १७ वर्षदेखि त्यहाँ टायर ल्याएर फालिने गरिएको थियाे । सन् २०१२ देखि २०२ को बीचमा तीनपटक सम्म ठूलाठूला आगलागीका घटना भए ।
यस घटनापछि कुवेत सरकारले त्यसलाई बन्द गर्ने निर्णय गर्यो । अल जाहरा प्रान्तबाट करिब ५ किलोमिटरको दूरीमा रहेको यस क्षेत्रमा सहर बनाउने योजना सुरु भइसकेको छ ।
कुवेत इन्धनमन्त्रि मोहम्मद अल फरेसले ‘साद अल-अब्दुल्ला सहर’ परियोजना सुरु गरिएको बताएका छन् ।
विगत केही महिनादेखि टायर भरिएका ट्रकहरुले उक्त ल्यान्डफिलदेखि अल सलमी प्रान्तसम्म ४४ हजारभन्दा धेरै पटक चक्कर लगाएका छन् । त्यहाँ फालिएका टायर उठाएर अल सलमीमा अस्थायी रुपमा राखिनेछ । मन्त्रि फरेसले अब टायरहरुलाई कुनै न कुनै रुपले प्रयोग गर्न र त्यसरी नफाल्ने बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij