Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विश्वकप छनोटः पोर्चुगलको रोमान्चक जित 

विश्वकप छनोटः पोर्चुगलको रोमान्चक जित 

  • भाद्र १७, २०७८ बिहिवार ०९:०५ बजे
  • 456
    SHARES
  • विश्वकप छनोटः पोर्चुगलको रोमान्चक जित 

    एजेन्सी– आगामी बर्ष कतारमा हुने  फिफा विश्वकप युरोपेली छनोटको समूह ए मा रहेको पोुर्चगलले रोमान्चक जित निकालेको छ।  कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेपछि पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २–१ ले पराजित गरेको छ ।

    रोनाल्डो पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका थिए। तर, खेलको अन्त्यमा  कीर्तिमानी गोलसहित लगातार दुई गोल गर्दै रोमान्चक जित दिलाए । 

    खेलको १५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा अग्रता दिलाउने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डले अग्रता लिन सफल रह्यो । जोन इगनले कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।

    ८७ औं मिनेटमा पोर्चुगलले पेनाल्टी क्षेत्रको ठिक बाहिर फ्रिकिकको अवसर पाएको थियो । रोनाल्डोको फ्रिकिकलाई गोलरक्षक बाजुन्जुले उत्कृष्ट बचाउ गरेका थिए । लगत्तै पाएको कर्नरमा पोर्चुगलले खेल बराबरी गर्यो । गोन्कालो ग्वेडेसको क्रसमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।


    इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरे । जोआओ मारियोको क्रसलाई सदुपयोग गर्दै रोनाल्डोले गरेको हेडर गोलरक्षक बाजुनुले बचाउन सकेनन् । 

    यस नतिजासँगै पोर्चुगलले समूहको शीर्षस्थानमा पकड कायम रहेको छ । दोस्रो स्थानको सर्बियाको ३ खेलमा ७ अंक छ भने पोर्चुगलको ४ खेलमा १० अंक छ । लक्जेम्बर्गले ३ खेलमा ६ अंक तथा आयरल्यान्ड र अजरबैजान ३ खेल खेल्दा अंकविहिन छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij