Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पौडेल पक्षले साझा उम्मेदवार घोषणा गर्ने, गगनले गरे गुट परिवर्तन 

पौडेल पक्षले साझा उम्मेदवार घोषणा गर्ने, गगनले गरे गुट परिवर्तन 

  • 903
    SHARES
  • पौडेल पक्षले साझा उम्मेदवार घोषणा गर्ने, गगनले गरे गुट परिवर्तन 

    काठमाडौं । नेपाल कांग्रेसको रामचन्द्र पौडेल पक्षले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पक्षले एक जना उम्मेदवार उठाउने घोषणा गरेको हो ।

    एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने,‘कांग्रेस सुधार चाहने हाम्रो विचार पक्षले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने छ । यो पक्षले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्छ ।’

    पौडेलले सो घोषणा गर्दैगर्दा ‘यसको आधार के छ ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा पौडेलले आजको उपस्थिति र अठोट नै यसको आधार भएको बताए ।

    ‘देशको वर्तमान व्यवस्था र कांग्रेस सुधार गर्नका लागि हाम्रो विचार पक्ष नेतृत्व पुग्न अपरिहार्य देखिएको छ’ उनले भने, ‘यही निष्कर्षलाई आधार मानेर हामी अघि बढ्छौँ । यही निष्कर्षले हामीलाई एकतामा बाँधी राख्नेछ ।’

    महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका गगन थापाले गुट परिवर्तन गरेका छन् ।

    यसअघि कृष्णप्रसाद सिटौलको पक्षमा रहँदै आएका थापा बिहीबार पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भए ।

    यससँगै उनले महाविधेशनमा पौडेल पक्षबाट प्रतिस्पर्धा गर्ने संकेत गरेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij