Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मित्रराष्ट्रको प्रतिष्ठामा आँच आउने क्रियाकलाप नगर्न सरकारको चेतावनी

मित्रराष्ट्रको प्रतिष्ठामा आँच आउने क्रियाकलाप नगर्न सरकारको चेतावनी

  • 613
    SHARES
  • मित्रराष्ट्रको प्रतिष्ठामा आँच आउने क्रियाकलाप नगर्न सरकारको चेतावनी

    काठमाडौं । सरकारले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने खालका क्रियाकलाप प्रदर्शन नगर्न जनतालाई चेतावनी दिएको छ । गृहमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्ने र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने जनाएको छ । 

    ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्खल र निन्दनीय गतिवधि पति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ,’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    दुई दिनअघि काठमाडौंमा मोदीको पुत्ला जलाइएको सन्दर्भमा यो विज्ञप्ति जारी गरिएको बुझिएको छ । विज्ञप्तिमा मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएका र भविष्यमा पनि यही गरिने उल्लेख छ ।

    240949647_215979800546194_8239423382615034038_n.jpg

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij