Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अपराजित खेलको कीर्तिमान इटालीद्वारा बराबर 

अपराजित खेलको कीर्तिमान इटालीद्वारा बराबर 

  • भाद्र २१, २०७८ सोमवार ०८:५९ बजे
  • 937
    SHARES
  • अपराजित खेलको कीर्तिमान इटालीद्वारा बराबर 

    एजेन्सी– इटालीले विश्वकप छनोट अन्तरगतको खेलमा स्वीटजरल्याण्डसँग गोलरहित बराबरी खेल्दै युरोपियन विजेताले लगातार ३६ खेलको अपराजित यात्राको कीर्तिमानलाई बराबरी गरेको छ । 

    विश्वकप छनोट खेलमा लगातार दोस्रोपटक बराबरी खेल्दै इटालीले स्पेनले सन् २००७ देखि २००९ को बीचमा बनाएको ३५ खेलको अपराजित यात्रालाई उछिन्यो भने ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म बनाएको ३६ खेलको कीर्तिमानलाई बराबरी गर्यो ।

    समूह सी अन्तरगतको खेलमा इटाली हाबी भए पनि अवसरहरूलाई गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा जर्जिन्होले पेनाल्टी मिस गरे पनि खेल गोलरहित बन्न पुग्यो । अघिल्लो खेलमा इटाली बुल्गेरियासँग १–१ को बराबरी खेल्न बाध्य बनेको थियो । 

    समूह सीमा इटाली ११ अंकसहित शीर्ष स्थानमा रहेको छ भने स्वीटजरल्याण्ड ७ अंकसहित दोस्रो स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # इटाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij