काठमाडौं– काठमाडौंमा सोमबार बिहान देखि भारी बर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भूभागमा बनेको न्यून चापीय रेखाबाट आएको जलवाष्प र यहाँको स्थानीय वायुको असरले मेघगर्जन सहित भारी बर्षा भएको हो।
उनका अनुसार राति साढे २ बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ। यस्तो विरलै हुने उनको भनाइ छ।
भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको छ। बाढीले शंखमुल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।
बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ । काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij