Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जर्जिया माथि  स्पेनको शानदार जित  

जर्जिया माथि  स्पेनको शानदार जित  

  • भाद्र २१, २०७८ सोमवार १०:०३ बजे
  • 940
    SHARES
  • जर्जिया माथि  स्पेनको शानदार जित  

    एजेन्सी–  घरेलु टोली स्पेनले जर्जियाविरुद्ध सहज जित निकालेको छ । विश्वकप छनोट तथा युरोपेली छनोट खेलको समूह 'बी'को खेलमा स्पेनले जर्जियाविरुद्ध ४–० गोल अन्तरले विजयी भएको हो । 

    घरेलु मैदानमा स्पेनलाई जिताउने जोसे लुईस गाया, कार्लोस सोलर, फेरान टोरेस र पाब्लो सरबियाले १–१ गोल गरे । पहिलो हाफमा ३ गोल गरेको लुईस इन्रिकेको टोलीले दोस्रो हाफमा १ गोल गर्‍यो। 

    जितसँगै समूह ‘बी’ मा स्पेन शीर्ष स्थानमा छ । ५ खेलबाट उसको १० अंक छ । पराजित जर्जिया पाँच खेलबाट एक अंकसहित तालिकाको पुछारमा छ । समूहमा स्विडेनको तीन खेलबाट नौ अंक, कोसोभाको चार खेलबाट चार अंक र ग्रिसको तीन खेलबाट तीन अंकसहित क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । 

    समूहको अर्को खेलमा कोसोभा र ग्रिसले १–१ गोलको बराबरी खेल्दा एक–एक अंक बाँडे। 
     

  • सम्बन्धित विषय:

  • # स्पेन
  • # विश्वकप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij