Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १८ सय ९७ जना संक्रमित थपिए, २० जनाकाे निधन

कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १८ सय ९७ जना संक्रमित थपिए, २० जनाकाे निधन

  • 872
    SHARES
  • कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १८ सय ९७ जना संक्रमित थपिए, २० जनाकाे निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जम्मा १५ हजार ९७९ नमुना परीक्षण गरिएकोमा १८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ६०९ जनाको पीसीआर परीक्षण गर्दा १४ सय ८८ र ४ हजार ३७० एन्टीजेन परीक्षण गर्दा ४०९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । 

    यस अवधिमा १७ सय ४३ जना संक्रमणमुक्त भएका छन् संक्रमणको कारणले २० जनाको निधन भएको छ । यससँगै पछिल्लो २४ घण्टामा देशभर १ लाख ७ हजार २३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ । जसमध्ये २८ हजार ९११ होम आइसोलेसनमा र २ हजार ६२ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ५१२ आइसियूमा र  १६३ जना भेन्टिलेटरमा उपचारत छन् । 

    हालसम्म नेपालमा ८ लाख ५६ हजार २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरि ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १० हजार ८५८ जनाको निधन भएको छ । नेपालमा कोरोना निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij