Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दुई-दुई वर्षमा विश्वकप हुनुपर्छ भन्ने पक्षमा उभियो नेपाल

दुई-दुई वर्षमा विश्वकप हुनुपर्छ भन्ने पक्षमा उभियो नेपाल

  • 482
    SHARES
  • दुई-दुई वर्षमा विश्वकप हुनुपर्छ भन्ने पक्षमा उभियो नेपाल

    काठमाडौं । नेपालसहित दक्षिण एसियाका चारवटा देश विश्व फुटबलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले हरेक दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्तावको पक्षमा उभिएका छन् ।

    गत मेमा भएको फिफाको कंग्रेसले हरेक दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्ताव गरेको थियो । तर,युरोपका विकसित केही देशले भने यो प्रस्ताव अस्वीकार गरेका थिए । तर, दक्षिण एसियाका नेपालसहित बंगलादेश, माल्दिभ्स र श्रीलंका सो प्रस्तावको पक्षमा रहेको रोयटर्सले बताएको छ ।  यी चार देशसहित १६६ वटा राष्ट्र फिफाको सो प्रस्तावको पक्षमा उभिएका छन् ।

    ‘चार वर्षको यो अन्तर धेरै ठूलो छ । दुई वर्षे विन्डो धरै राम्रो छ । यसले ठूलो पुस्ताले पाउने अवसर भने निकै कम हुन्छ’, चार देशको संयुक्त विज्ञप्तिमा भनिएको छ । हाल हरेक चार वर्षमा हुने फिफा विश्व कपमा चारवटा देशले एसियाबाट सहभागिता पाउनेछन् । आगामी संस्करणको विश्वकप कतारमा आयोजना हुँदै छ, जहाँ ३२ राष्ट्रको सहभागिता हुनेछ । 

  • सम्बन्धित विषय:

  • # विश्वकप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij