Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १६ सय ७७ जना संक्रमित थपिए, २१ जनाकाे निधन

कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १६ सय ७७ जना संक्रमित थपिए, २१ जनाकाे निधन

  • 564
    SHARES
  • कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १६ सय ७७ जना संक्रमित थपिए, २१ जनाकाे निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जम्मा १५ हजार ३४ नमुना परीक्षण गर्दा १६ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार १११ नमुना पीसीआर परीक्षण गर्दा १४ सय २३ र ३ हजार ९२३ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २१ जनाको निधन भएको छ । त्यसैगरि ८० हजार ४ सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १९ सय ८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ५१४ आइसियूमा र १५४ जना भेन्टिलेटरमा उपचारत छन् ।

    हालसम्म नेपालमा ८ लाख ५७ हजार ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरि ७ लाख ३१ हजार जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण्को कारणले १० हजार ८७९ जनाको दुःखद निधन भएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij