वेबटिभी खबर
काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ५१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २१ जनाको निधन भएको छ । त्यसैगरि ८० हजार ४ सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij