Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

आफ्नै जिल्लामा एक्लिँदै झाँक्री

आफ्नै जिल्लामा एक्लिँदै झाँक्री

  • 932
    SHARES
  • आफ्नै जिल्लामा एक्लिँदै झाँक्री

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीकी केन्द्रीय सदस्य तथा सांसद् रामकुमारी झाँक्रीकै जिल्ला गुल्मीमा सो पार्टी रोज्ने कार्यकर्ताको संख्या शून्य छ ।

    १ भदौमा एमाले विभाजन भएपछि स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टी रोज्न निर्वाचन आयोगले २२ भदौसम्मको समयसीमा तोकेको थियो ।

    एमाले विभाजनपूर्व दुवै समूहका प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला रहेको गुल्मीमा दुवै नेताहरू एमालेमै रहेपछि एकीकृत समाजवादीमा जाने जनप्रतिनिधिहरूको संख्या शून्य देखिएको हो ।

    लुम्बिनी प्रदेशका कपिलवस्तु, पाल्पा र नवलपरासी (बर्दघाटपश्चिम) बाट भने एक/एक जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा खुलेका छन् ।

    काठमाडौं केन्द्रीत राजनीतिमा झाँक्री अग्रणी देखिए पनि आफ्नै जिल्लामा भने अलोकप्रिय भएको जिल्ला नेता र कार्यकर्ताले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij