Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेपालविरुद्ध बंगलादेश: खेल समय परिवर्तन

नेपालविरुद्ध बंगलादेश: खेल समय परिवर्तन

  • 476
    SHARES
  • नेपालविरुद्ध बंगलादेश: खेल समय परिवर्तन

    काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोली र बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीबीच हुने भनिएको दुई मैत्रीपूर्ण खेलको समय परिवर्तन भएको छ । नयाँ समयानुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि (बिहीबार) र दोस्रो मैत्रीपूर्ण खेल (आइतबार) हुँदैछ ।

    यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारण गरेको खेल समयलाई परिवर्तन गरेको हो । दशरथ रंगशालामा हुने दुबै खेल साँझ ५ बजेका लागि सारिएको छ । यसअघि एन्फाले दुबै खेल साँझ ५:३० मा हुने जनाएको थियो ।

    नेपाल र बंगलादेशबीचको दुबै खेल फिफा विन्डोजमा पारेर आयोजना हुँदैछ । जुन खेलले फिफा वरियतामासमेत प्रभाव पार्नेछ । यस्तै एन्फाले दुवै खेलको लागि दर्शकलाई रंगशालामा प्रवेश दिने भएको छ । खेलको भीआईपीतर्फको टिकट ५ सय रहेको छ भने सामान्यतर्फको टिकटदर २ सय रहेको छ ।   

  • सम्बन्धित विषय:

  • # फुटबल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij